
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।