२०८३ अषाढ ८, सोमबार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान

पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान

काठमाडौं, असार २२ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटा का अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएपछि पौडेललाई नियन्त्रणमा लिइएको हो।

“सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। सोही पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो,” डिआइजी सापकोटाले बताए।

प्रहरीका अनुसार पौडेललाई सुर्खेतस्थित एक होटलबाट आइतबार साँझ करिब ५:३० बजे पक्राउ गरिएको हो।

पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि बाँकेको नेपालगञ्ज लगिएको छ। त्यहाँबाट सम्भव भएसम्म हवाईमार्गबाट आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस