२०८३ आश्विन १२, सोमबार

१५औँ महाधिवेशन, धुनिवेशी नगर अधिवेशन

कांग्रेस धुनिवेशी नगर अधिवेशनमा युवा क्लस्टरबाट मनिष उप्रेतीको उम्मेदवारी

१४औँ महाधिवेशनमा झिनो मतले पराजित उप्रेती यसपटक प्रतिनिधिले न्याय गर्ने विश्वासमा
कांग्रेस धुनिवेशी नगर अधिवेशनमा युवा क्लस्टरबाट मनिष उप्रेतीको उम्मेदवारी

११ असोज, धुनिवेशी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङको धुनिवेशी नगर अधिवेशनमा मनिष उप्रेतीले युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् ।
सामाजिक व्यक्तित्वका रूपमा परिचित तेजप्रसाद उप्रेतीका नाति मनिष राजनीतिक परिवारमा हुर्किएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका उप्रेती कम मतले पराजित भएका थिए । यसपटक भने प्रतिनिधिहरूले आफूलाई न्याय गर्ने विश्वास रहेको उनले बताएका छन् ।
नेपाली कांग्रेस धुनिवेशी नगर अधिवेशनको उद्घाटन असोज ९ गते भएको थियो । नगर सभापति र सचिव पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
निर्वाचन समितिले आज असोज ११ गते बिहान ११ बजे निर्वाचनको मिति घोषणा गरेको थियो । सोही निर्वाचन प्रक्रियाअन्तर्गत उप्रेतीले युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
युवा पुस्ताको कांग्रेस राजनीतिमा सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उप्रेतीले पार्टी संगठनलाई थप सुदृढ बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस