२०८३ अषाढ ९, मंगलबार

गृहमन्त्री सुदनको ब्रेकफास्ट माछाको काँडा २जना कुक प्रहरी नियन्त्रणमा, सुरक्षा ब्यबस्था कडा

सुरक्षा व्यवस्था कडा
गृहमन्त्री सुदनको ब्रेकफास्ट माछाको काँडा २जना कुक प्रहरी नियन्त्रणमा, सुरक्षा ब्यबस्था कडा

चितवन, असार ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका गृहमन्त्री सुधन गुरुङलाई दिइएको बिहानी खाजाको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
गृहमन्त्री गुरुङ चितवनस्थित लड्स प्लाजा होटलमा बस्दै आएका थिए। बिहान खाजा खाने क्रममा अम्लेटमा माछाको काँडा फेला परेपछि उनले होटल व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
घटनापछि होटल प्रशासनले तत्काल आन्तरिक छानबिन सुरु गरेको थियो भने गृहमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई जानकारी गराइएको थियो।
जानकारी प्राप्त भएपछि प्रहरीले होटलका भान्सा (किचेन) मा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घटनालाई लापरबाही वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
होटल व्यवस्थापनले भने घटनाप्रति दुःख व्यक्त गर्दै यथार्थ विवरण पत्ता लगाउन सम्बन्धित निकायलाई सहयोग गरिरहेको जनाएको छ। अम्लेटमा माछाको काँडा कसरी पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।
यस घटनापछि महाधिवेशन स्थल र गृहमन्त्रीको बसोबास क्षेत्रको सुरक्षा व्यवस्थामा समेत थप सतर्कता अपनाइएको स्रोतले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस