२०८३ अषाढ ९, मंगलबार

निर्णय- बजेट संशोधन नभए सरकार छोड्ने

निर्णय- बजेट संशोधन नभए सरकार छोड्ने

धनगढी, असार ९ । नेकपा एमाले सुदूरपश्चिमले पनि प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ । आइतबार बसेको प्रदेश कमिटि बैठकले बजेटप्रति असहमति जनाउँदै संशोधन गर्न माग गरेको छ ।

संयुक्त सरकारको सहमति र नीति–कार्यक्रम विपरीत एकलौटी गरेको भन्दै एमालेले असहमति राखेको छ । बजेटमा आवश्यक संशोधन नभए संयुक्त सरकारमा सहभागी हुन नसक्ने निर्णय समेत बैठकले गरेको छ ।

‘सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गर्दा संयुक्त सरकारको सहमति, नीति र कार्यक्रम अनुरूप नभई एकलौटी गर्न खोजिएकोप्रति असहमति प्रकट गर्दै बजेटमा आवश्यक संशोधन गर्न यो बैठक माग गर्दछ,’ निर्णयमा भनिएको छ, ‘सो विषयमा संसदीय दललाई निर्देशन दिने र सहमति नभई संशोधन नगरिएमा संयुक्त सरकारमा सहभागी हुन नसक्ने निर्णय गरिएको छ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस