२०८३ कार्तिक २२, शनिबार

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु, पाण्डेविरुद्ध उजुरीकर्तासँग छलफल

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु, जनक पाण्डेविरुद्ध उजुरी
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु, पाण्डेविरुद्ध उजुरीकर्तासँग छलफल

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिमा सुरुमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल भइरहेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू (अर्घाखाँची)लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

गत २० असोजमा बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरू बागचन्द र सारूसहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

हाल समितिले जनक पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिरहेको छ । उजुरीकर्ताहरूले झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिनामा पाण्डेकी श्रीमती माया पुरी पाण्डे पनि संलग्न रहेको आरोप लगाउँदै उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गर्न नहुने तर्क गरेका छन् ।

पाण्डेकी श्रीमती माया पुरी पाण्डेसहित उनकी सासु देवरुपा पुरी, सालो रेवत राज (गगन) पुरी र गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचार मुद्दासमेत सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइपछि समितिले उनीहरूको नियुक्ति अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस