
२१ कात्तिक, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी ११० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम थियो ।
बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा उल्लेख छ ।