२०८२ अषाढ १७, मंगलबार

बस दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना

२८ चैत, काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ ।

प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।

घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।

प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।

बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस