२७ जेठ काठमडौँ / मालपोत कार्यालय उदयपुरका प्रमुख दुविन्द्रप्रसाद बराल सवार जिप दुर्घटना भएको छ ।
मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डको नागबेलेस्थित ओरालो घुम्तीमा मङ्गलबार बिहान ७ः३० बजे भएको दुर्घटनामा परी चालकसहित ४ जना घाइते भएका हुन् ।
मालपोत कार्यालयकै स १ झ ४८५ नं. को बोलेरो जिप सडकमा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी चालक ५० वर्षीय जीतबहादुर कार्की, मालपोतकै खरिदार ३५ वर्षीय तेजनारायण साह, उदयपुरगढी गाउँपालिका ५ की ४० वर्षीया सरिता भण्डारी र उनकै छोरी १७ वर्षीया संरचना भण्डारी घाइते भएका छन् ।
कार्यालयको काममा उदयपुरगढी गाउँपालिका गएर फर्कँदै गरेका मालपोत अधिकृत बरालसहितको कर्मचारी टोली कार्यालयको काम भ्याउन भन्दै बिहानै सदरमुकाम गाईघाट फर्कने क्रममा दुर्घटनामा परेको हो ।