२७ जेठ, काठमाडौं / काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।