२०८२ अषाढ १७, मंगलबार

काठमाडौं सहित नौ जिल्लामा आज बाढीे जोखिमको उच्च सम्भावना

देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
काठमाडौं सहित नौ जिल्लामा आज बाढीे जोखिमको उच्च सम्भावना

१७ असार काठमाडौं / देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च छ । यी जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ औँल्याइएको छ ।

ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र जाजरकोट भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस