२०८२ अषाढ २३, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीका आजका मुख्य कार्यक्रमहरू : संसद सम्बोधनदेखि मन्त्रिपरिषद् बैठकसम्म

प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न महत्वपूर्ण कार्यसूचीमा सक्रिय रहनुहुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आजका मुख्य कार्यक्रमहरू : संसद सम्बोधनदेखि मन्त्रिपरिषद् बैठकसम्म

२३ असार काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न महत्वपूर्ण कार्यसूचीमा सक्रिय रहनुहुनेछ । प्रधानमन्त्रीको आजको कार्यतालिका राजनीतिक, प्रशासनिक तथा नीतिगत दृष्टिले विशेष ध्यानाकर्षण गर्ने खालका छन् ।

दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा उहाँले हालै सम्पन्न स्पेन भ्रमणबारे जानकारी गराउनुहुनेछ ।

त्यसपछि दिउँसो २ः१५ बजे ओली नेकपा (एमाले) केन्द्रीय पर्यटन विभागद्वारा गौशालास्थित होटल वेस्टर्न प्लसमा आयोजना गरिएको ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सहभागी हुनुहुनेछ ।

त्यसपछि साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस