२८ असार, सिन्धुपाल्चोक / पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटकीय पालिकाको रुपमा परिचीत पालिका हो । पाचपोखरी थाङपाल गाउँपालिका पछिल्लो समय स्वास्थ क्षेत्रमा पनि त्यतिकै अघि बढिरहेको छ । यस पालिकामा २ वटा अस्पताल छन् भने प्रत्येक वडामा आधाभुत स्वास्थ सेवा रहेका छन् ।
जसले सामान्य बिमारी पनि अकालमा ज्यान गुमाउनु पर्ने अबस्थालाई अन्त्य गर्नुको साथै काठमाडौ जानु पर्ने बाध्यता टरेको छ । बालबालिकाले लगाउने खोपहरु पुर्ण रुपमा यसपालिका लगाएको कारण बाल मृत्यु दरमा कमि हुनुको साथै जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट सम्मानित भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीलाई सम्मान प्रमाणपत्र प्रदान गर्नु भएको हो ।