२०८२ अषाढ ३१, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली

सरकारको एकवर्षमा आर्थिक सुचक सकारात्मक दिशातर्फ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एकवर्षमा देशका आर्थिक सुचकहरु सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।
सरकारको एकवर्षमा आर्थिक सुचक सकारात्मक दिशातर्फ : प्रधानमन्त्री ओली

३० असार काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एकवर्षमा देशका आर्थिक सुचकहरु सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको बताउनुभयो । यस अघि समयसिमा (टाइमलाइन) तोकेर काम गर्ने प्रचलन नरहेकोमा अहिले त्यसको सुरुवात भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने चलन यस अघि थिएन,अहिले त्यो सुरुवात भएको छ’ प्रधानमन्त्रीले लेख्नुभएको छ ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संसोधन भएका छन् ।’

प्रधानमन्त्री ओलीले सेवा प्रवाह अब लाइनबाट होइन अनलाइनबाट गर्ने प्रचलन बढेको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुहुन्छ ‘गर्नुपर्ने कामहरु धेरै छन्,सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’ गतवर्ष असार ३० गते नेपाली काँग्रेस लगायतका दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस