२०८२ श्रावण १, बुधबार

अस्पताल भवन

नौविसे स्वास्थ्य चौकी, नवनिर्मित अस्पताल भवनबाट सेवा, छिट्टै अस्पताल संचालन पनि गरिने ।

आँखाका अप्रेसनबाहेक सवै किसिमका उपचार पनि धुनिवेशीमा
नौविसे स्वास्थ्य चौकी, नवनिर्मित अस्पताल भवनबाट सेवा, छिट्टै अस्पताल संचालन पनि गरिने ।

३२ असार, धादिङ/ धादिङ जिल्ला धुनिवेशी नगरपालिकाको नौविसे स्वस्थ्य चौकीको सेवा नवनिर्मित अस्पताल भवनबाट सुरु भएको छ । धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले नवनिर्मित भवन पुजा गरी स्वास्थ्य चेक जाच कार्ड सेवाग्राहीलाई दिएर अस्पताल भवन उद्घाटन गर्नु भयो ।
संघिय संरचना अनुसार एक पालिका एक अस्पताल प्रधान मन्त्री केपि शर्मा ओलीले घोषणा गरे संगै नवनिर्मित अस्पताल भवन सम्पन्न भए हो । नवनिर्मित भवनमा सुभारम्भ भएको स्वास्थ्य चौकिबाट छिट्टै अस्पताल पनि संचालन गरिने नगर प्रमुख बालकृष्ण आचार्यले वताउनु भएको छ । हाल अहिले एक डाक्टर सहितको जनरल सेवा दिने र नगरपालिकाको कार्यविधि वन्दै गरेको हुदा विषेशज्ञ सहितको सेवामा हाइड्रो,चाइल्ड प्रसुती सेवा दिने गरी श्रावण महिना सम्म संचालनको तयारी रहेको नगर प्रमुख आचार्यले वताए ।

drishtinepal
पूर्व पत्रकार धुनिवेशी नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले भने संघिय संरचना अनुसार प्रधानमन्त्री केपि शर्मा ओलिले एक पालिका एक अस्पताल घोषणा संगै उद्घाटन गर्नु भएको धुनिवेशी नगरपालिकाको नगर अस्पताल सुभारम्भ भएको छ । थप एउटा समस्यालाई अन्त्य गर्नुका साथै एउटा खुड्किलो पार गरेको महसुस भएको वताए । उनले भने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा हुने ठुला दुर्घटनाबाट हुने घाइतेको उपचार र उपचारकै लागि काठमाण्डौ जानु पर्ने बाध्यतालाई पनि यस अस्पतालले सहज वनाउने वडा अध्यक्ष आचार्यको वताए ।

धादिङको धुनिवेशी नगरपालिका नौविसे स्वास्थ्य चौकिमा लामो समय सेवा गर्नु भएका र धुनिवेशी नगर स्वास्थ्य सेवमा प्रमुख भएर सेवा गर्नु भएका शिव हरी भट्टले भन्नु भयो केही दिन स्वास्थ्य चौकि रुपमा भए पनि अगामी दिनमा नगर अस्पताल रुपमा सफलता प्राप्त गर्छ जसका लागि सम्पुर्ण धुनिवेशी नगरपालिका नगरवासीहरुलाई स्वास्थ्य विमा गर्दा धेरै सेवा सुविधा पाउने हुदा स्वास्थ्य विमा गर्न अनुरोध गर्नु भयो । साथै रोग लाग्ने दर घटेर जावस विमारी दर घटेर जावस अन्य सेवाहरु वढेर जावस सुभारम्भ कार्यक्रममा उहाँको भनाई थियो ।drishtinepal

धुनिवेशी नगरपालिका नौविसे स्वास्थ्य सेवामा हुने सेवा एक्स रे सेवा ल्याव सेवा इसिजि सेवा गर्ववती सेवा दैनिक जाँचका जस्ता सेवाहरु दिदै आएको र सोही सेवा अस्पताल भवनबाट दिएको हौ निकट भविष्यमा यति समय भन्दा पनि सकेसम्म छिटो नगर अस्पताल रुपमा विकास गर्ने योजना सहित अगाडी वढेको डा. अमृत उप्रेतीले भने ।

धुनिवेशी नगरपालिका काठमाण्डौ संघिय राजधानीको सिमाना भए पनि वत्ति मुनीको अध्ययारो भने जस्तै नौविसे नागढुङ्गा सडक खण्डमा हुने दैनिक जसो सवारी जाम अनि दुर्घटनाको कारण राजमार्गमा अकालमा ज्यान गुमाउने पर्ने अवस्था अव भने अन्त्य हुने भएको छ । धुनिवेशी नगरपालिकाको नगर अस्पताल सेवा पाउने भए पछि राजमार्गको दुर्घटनाबाट र सवारी जामको कारणले ज्यान गुमाउनु पर्ने बाध्यता अन्त्य भएको हो । धुनिवेशी नगरपालिकाले नगर अस्पताल संगै आँखा उपचार केन्द्रको सेवा पनि वैषाख देखी चौविसे स्वास्थ्य चौकीमा दिदै आएको छ । बैषाख देखी सुरु भएको आँखा उपचार केन्द्रबाट ५ सय ५० जनाले सेवा लिइ सक्नु भयो यस आँखा उपचार केन्द्रमा अप्रेसन बाहेक आँखाका सवै किसिमका उपचार हुने वताउनु हुन्छ आँखा उपचार केन्द्रका नेत्र सहायक बेबिका चोधरी ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस