२ साउन काठमाडौं / अमेरिकी अधिकारीले स्वीस सरकारलाई त्यहाँका निम्ति उत्पादन लाइनमा रहेका प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनतर्फ पठाउन लागिएको जानकारी दिएका छन् । स्वीस सरकारले जुलाई १७ मा अमेरिकाबाट प्राप्त सूचना सार्वजनिक गरेको हो ।
यो कदमले युक्रेनमाथि जारी रुसी मिसाइल तथा ड्रोन आक्रमणको निरन्तर प्रतिरोध गर्न सहयोग पुर्याउने जनाइएको छ । स्वीट्जरल्यान्डले सन् २०२२ मा रेथियानद्वारा निर्मित पाँच प्याट्रियट प्रणाली ‘अर्डर’ गरेको थियो । ती प्रणालीको डेलिभरी सन् २०२६ मा सुरु भएर २०२८ सम्म चल्ने तय थियो ।