२०८२ श्रावण ५, आईतबार

एमाले पोलिट्ब्युरो बैठक सुरु

नेकपा एमालेको पोलिट्ब्युरो बैठक सुरु भएको छ ।
एमाले पोलिट्ब्युरो बैठक सुरु

३ साउन काठमाडौं / नेकपा एमालेको पोलिट्ब्युरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । विधान संशोधन प्रस्तावमा पोलिट्ब्युरो सदस्यहरूले धारणा राख्नेछन् ।

बैठक हिजोबाट सुरु भएको हो । बैठकमा बोल्नका लागि एक सदस्यलाई पाँच मिनेटको समय दिइएको छ । केन्द्रीय कमिटी बैठक साउन ५ गतेका लागि बोलाइएको छ । एमालेले भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनका लागि संशोधन प्रस्तावमाथि छलफल अघि बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस