२०८२ श्रावण १८, शनिबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान

६ साउन काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेका हुन् । मुख्यमन्त्री पाण्डे सात दिने चीन भ्रमणमा गएको उनको सचिवालयको भनाइ छ । गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस