२०८२ भाद्र ५, बिहिबार

केपी ओलीले नेतृत्व लिएपछि एमालेको पहिचान बदलियो मिसन ०८४ उहाँकै नेतृत्वमा : मोहनमाया ढकाल

केपी ओलीले नेतृत्व लिएपछि एमालेको पहिचान बदलियो मिसन ०८४ उहाँकै नेतृत्वमा : मोहनमाया ढकाल

६ साउन काठमाडौं /  नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । अहिले कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणाहरु राखिरहेका छन् । यसै क्रममा केन्द्रीय सदस्य मोहनमाया ढकालले केपी शर्मा ओलीले नेतृत्व गरेपछि पार्टीको पहिचान बदलिएको बताउनुभयो । उहाँले २०५६ देखि २०७० सम्मको राजनीतिक संक्रमणको समयमा एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको स्मरण गर्नुभयो । उहाँले २०७१ मा भएको नवौं महाधिवेशनपछि ओली नेतृत्वमा आएपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व गरेको बताउनुभयो ।

उहाँले २०७२ का नाकाबन्दीमा केपी ओलीले प्रधानमन्त्रीका रुपमा लिएको अडान र राष्ट्रवादी छविले एमालेलाई चुनावमा उल्लेख्य सफलता प्रदान गरेको बताउनुभयो । २०७७ मा एमले चोइटिएको,काँग्रेस माओवादीको गठबन्धनका बाबजुरत पनि ओली नेतृत्वकै कारण स्थानीय,प्रदेश र संघमा उल्लख्य सफलता हासिल भएकै कारण अहिले पनि सरकारको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो । उहाँले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउन र राष्ट्रिय शक्तिको रुपमा विकास गर्नका लागि पनि आगामी ओलीको नेतृत्वको निरन्तरता आवश्यक रहेको बताउनुभयो । राजनीतिक नेतृत्व उमेरका कारण भन्दा क्षमता र दलको आवश्यकतामा निर्भर हुने भएकोले सचिवालय र पोलिटव्यूरोले प्रस्ताव गरेको उमेर हद हटाउने निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।

जारी बैठक आजै सक्ने तयारी छ । तर अझै ६० जना भन्दा केन्द्रीय सदस्यहरु बोल्ने पालो पर्खिएर बसेका छन् । उनीहरुलाई बोल्नका लागि तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस