२०८२ श्रावण ३२, शनिबार

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

७ साउन काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यूको आज प्रश्नोत्तरमा सहभागी हुने नियमित कार्यसूची रहेको छ । त्योभन्दा अघि उहाँले विशेष सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा सरकारको काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेता गर्नुभएको सम्बोधनको जवाफलगायत विषय समावेश हुनेछन् ।’

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस