२०८२ भाद्र ५, बिहिबार

राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख घिमिरे

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन् ।
राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख घिमिरे

९ साउन काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेकोसमेत बताएका थिए । यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता गरेका थिए । राष्ट्रपति पौडेलले सुझावसहित विधेयक बिहीबार प्रतिनिधि सभामा फिर्ता गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस