२०८२ श्रावण २९, बुधबार

बानियाँले मागे प्रतिपक्ष दलसँग विश्वासको मत

बानियाँले मागे प्रतिपक्ष दलसँग विश्वासको मत

२७ साउन हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलहरूसँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री बानियाँले आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई पत्र प्रदान गर्दै विश्वासको मतको पक्षमा मतदान गर्न औपचारिक अनुरोध गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको समुन्नत विकास, सुशासन र स्थायित्वका लागि आफूले नेतृत्व गर्न लागेको सरकारलाई आवश्यक समर्थन पुर्‍याउन आग्रह गरेको बताइएको छ ।

वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको स्थायित्व र जनअपेक्षाको सम्मानका लागि विश्वासको मत अत्यावश्यक भएको जनाउँदै बानियाँले सबै सांसदहरूलाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने दिशामा सहकार्यको भावनाका साथ मत दिन आह्वान गरेको बताए ।

मुख्यमन्त्री बानियाँ आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । तर मुख्यमन्त्रीकै दल कांग्रेसका १३ सांसदले असहयोग गर्दा उनी सकसमा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस