२०८२ श्रावण २९, बुधबार

प्रधानमन्त्रीे ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीे ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

२८ साउन काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्ने बजगाईँले जानकारी दिए ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा गएर फर्किएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस