२०८२ भाद्र १२, बिहिबार

डडेल्धुरा जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।
डडेल्धुरा जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

१२ भदौ, धनगढी / डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

डीएसपी जोराका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस