२०८२ भाद्र १८, बुधबार

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

१८ भदौ काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । उनलाई मंगलबार बेलुकी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो । अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्तबहादुर चलाउनेले नियमित फलोअपका लागि उनलाई गंगालाल अस्पताल लगिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठको यसअघि गत वैशाखमा टोखास्थित ग्रान्डी अस्पतालमा उपचार भएको थियो । मुटुसँग सम्बन्धित समस्या हो कि भनेर चेकजाँचका लागि मंगलबार बेलुकी गंगालाल लगिएको स्वकीय चलाउनेले जानकारी दिए । सबै रिपोर्टहरू सामान्य रहेको पनि चलाउनेले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस