२०८२ मंसिर १६, सोमबार

भैरहवाबाट काठमाडौं आउँदै गरेको बस थाक्रेमा ठोक्किदा पाँच जना घाइते

धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको बस थाक्रेमा ठोक्किदा पाँच जना घाइते

१ असोज काठमाडौँ / धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन् । बुधबार बिहान साढे ८ बजे थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०१–००१ ख ०३३५ नं.को बस र बिपरीत दिशा काठमाण्डौबाट नुवाकोट तर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६०नं.को टिपर आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी बसका चालकसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको । घाइतेहरूमा चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बेलबासका २७ वर्षीय सन्देश अधिकारी, रूपन्देहीकै कन्चन गाउँपालिका–४ कि ६० वर्षीय आइतबहारी थारू, गुल्मीको दरबार गाउँपालिका–२ का ४० वर्षीय कमल सारू मगर, बकपिलवस्तुको शीवराज नगरपालिका–७ का २४ वर्षीय पंकज पाण्डे र नवलपरासीको देवचुली–५ बस्ने ३२ वर्षीया पुनम थसु छन् ।

६० वर्षीया थारूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको धादिङका डिएसपी सुवास हमालले जानकारी दिए । अन्य घाइतेहरुलाई महादेवबेसीस्थित थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको छ । टिपर चालक नुवाकोटको बेलकोटगढि नगरपालिका–१२ का २८ वर्षीय प्रबिन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस