९ असोज काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन् ।
बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ ।
बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा समेत विस्तृत छलफल हुने छ ।
यस्तै, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका मुद्दा तथा अन्य विविध एजेन्डा पनि बैठकमा उठाइने कार्यक्रम छ ।