२०८२ कार्तिक २, शनिबार

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

२० काठमाडौं / बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् ।

यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस