२०८२ आश्विन ३०, बिहिबार

पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान सुरु

सरकारले पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान चलाउने भएको छ ।
पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान सुरु

२३ असोज, काठमाडौं / सरकारले पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान चलाउने भएको छ । सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका साथ यो अभियान यही असोज महिनादेखि कात्तिक महिनाभित्र सञ्चालन गर्न लागिएको हो ।

पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोग हालसम्म पर्सा र बारा जिल्ला गरी १ हजार ६८५ बिरामी फेला परेका छन् । त्यसैले सरकारले हैजाविरुद्ध खोप अभियान चलाउने निर्णय गरेको हो ।

यो पनि

ताजा अपडेट

१५ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस