२०८२ कार्तिक २८, बिहिबार

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिबारे आगामी आइतबार बहस हुने

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिबारे आगामी आइतबार बहस हुने

२६ कात्तिक, काठमाडौं / सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुख्यमन्त्री यादवविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे ३० कात्तिकमा दुवै पक्षलाई छलफलका लागि झिकाएको हो । यदि सर्वोच्च अदालतले नियुक्तिलाई प्रारम्भिक रूपमा कैफियतयुक्त देखेमा दीर्घकालीन महत्व राख्ने प्रकृतिका निर्णयहरू नगर्नू भनी आदेश दिन सक्नेछ ।

गत मंगलबार सर्वोच्च अदालतले यस्तै आदेश दिएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘सुविधा सन्तुलनको दृष्टि’ भन्दै मुख्यमन्त्री र मन्त्रिपरिषद्लाई ‘मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू/नगराउनू’ भनी आदेश दिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस