
११ मंसिर मधेश / मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले किसानलाई राहत र युवालाई भत्ता दिने योजना सार्वजनिक गरेका छन् ।
यादव नेतृत्वको सरकारको वैधानिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुने सम्भावना छ ।
यसअघि नै सर्वोच्च अदालतले उनलाई दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश विपरित यादवले दुई तीन दिनअघि मात्रै मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।
तर सर्वोच्चको आदेश विपरित यादवले बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरेर युवालाई बेरोजगार भत्ता दिनेदेखि किसानलाई राहत दिनेसम्मका महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री यादवले खडेरीको कारण धानबालीमा ठूलो क्षति बेहोरेका किसानलाई प्रति कठ्ठा १५ सय रुपैयाँका दरले राहत दिने र बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँका दरले निर्वाह भत्ता दिने योजना सार्वजनिक गरेका छन् ।