२०८२ माघ १०, शुक्रबार

देउवाले भने अन्तिमपटक चुनाव लड्छु

देउवाले भने अन्तिमपटक चुनाव लड्छु

२३ मंसिर, काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन् ।

डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए । अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए । सभापतिलाई भेटेका ती नेताले भने,‘साथीहरुले तपाईं नै उठ्नुपर्‍यो भनेका छन् । म उठ्छु भन्नुभएको छ ।’

मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिमपटक चुनावमा उठ्ने जानकारी गराएको बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस