
पुष ४, काठमाडौँ / यस वर्ष काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्।
त्यसैगरी, काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८१ मा ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिएको छ। साथै ५६ हजारभन्दा बढी विद्यार्थीहरुलाई निःशुल्क किताब तथा अध्ययन सामग्री दिएको छ र १७ हजारभन्दा बढी छात्रालाई सेनेटरी प्याड वितरण गरिएको छ ।