२०८२ पौष ९, बुधबार

सर्वपक्षीय सरकार गठन गर्न माग

वर्तमान सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग

नेकपा माओवादीले वर्तमान सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ ।
वर्तमान सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग

पुस ९, काठमाडौँ /  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ ।बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र माग सम्बोधन नगरिए सडक सङ्घर्षमा अगाडि बढ्ने समेत चेतावनी दिइएको छ ।

ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधान संशोधन गर्न माग गरिएको छ ।

 

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस