
पुस १०, चित्रदुर्गा / भारतको कर्नाटक राज्यस्थित चित्रदुर्गा जिल्लाको हिरियुर तालुकमा पर्ने राष्ट्रिय राजमार्ग ४८ मा बिहीबार भएको भयानक सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएकोे छ।
बसमा ३२ जना यात्रु भएको र दुर्घटनामा २४ जना घाइते भएको बीबीसीले जनाएको छ ।
बेङ्गलुरुबाट शिवमोगाका लागि छुटेको एउटा निजी स्लिपर कोच बस र विपरित दिशाबाट आइरहेको लरी (ट्रक) एकआपसमा ठोक्किँदा बसमा आगलागी भएको थियो।
दुर्घटनामा परेर जोगिन सफल भएका केही यात्रुहरू गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। प्रहरीले घटनाको विस्तृत विवरण र मृतकको आधिकारिक सङ्ख्या अनुसन्धान र पहिचान पछि मात्रै यकिन हुने बताएको छ।