
पुस १०, काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भेट्न पुगेका छन् ।
भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् ।
आज बालेनले बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् ।