
माघ १, सुनसरी / विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिदा ५ जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहनरसिंहस्थित फुलचोकमा बिहीबार बिहान ट्रक पल्टिदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन ।मार्बल बोकेको उक्त ट्रक दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते २ जनाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताए ।