२०८३ बैशाख ११, शुक्रबार

आक्रमण

सडक विस्तारकाे इगाे स्थानिय माथि आक्रमण, संजिपराज पाण्डे सहित ३ दाजु भाई प्रहरी प्रहरी नियन्त्रणमा

स्थानियलाई आक्रमण गर्ने प्रहरी नियन्त्रणमा
सडक विस्तारकाे इगाे स्थानिय माथि आक्रमण, संजिपराज पाण्डे सहित ३ दाजु भाई प्रहरी प्रहरी नियन्त्रणमा

४ माघ, धादिङ/शुक्रवार साँझ सडक विस्तार गर्ने क्रममा भएको घटनालाई लिएर शनिवार विहान पाण्डे परिवारका संजिव पाण्डे सहित ३ जना दाजु भाई मिलेर स्थानिय दामोदर रेग्मीलाई आक्रमण गरेका छन् । आक्रमणबाट स्थानिय दामोदर रेग्मी घाईते भएका छन् । घाईते रेग्मीले बाटो हिड्ने क्रममा आफुमाथि आक्रमण गरेको भन्दै ईलाका प्रहरी कार्यालय खानिखोलाकामा जाहेरी दिएका छन् ।
जाहेरी पछि प्रहरीले संजिपराज पाण्डे सहित ३ जनालाई नियन्त्रमा लिएको छ भने एक जनालाई भोली सर्म्पकमा आउने गरी छोडिएको प्रहरीले वताएको छ । पक्राउ परेका तिन जना मध्ये एक जना विमारी भएको कारण आइतवार प्रहरीको सर्म्पकमा आउने गरी छाडिएको हो । पक्राउ पर्ने धुनिवेशी नगरपालिका वडा नं. ६ धार्के वजारमा मेडिकल व्यवसायी गर्ने तिनै जना संजिपराज पाण्डेका सहोदर दाजु भाई हुन । आक्रमणवाट घाईते दामोदर रेग्मी उपचार पछि सामान्य अवस्थामा रहेको वताइएको छ । भने आक्रमणबाट आफुले लगाएको सुनको सिक्री समेत हराएको पिडित रेग्मीले जाहेरीमा उल्लेख गरेका छन् ।
शनिवार साँझ धार्के वजार क्षेत्रका स्थानियहरु सडक विस्तार गर्नका लागि सहयोग गर्दै गरेको अवस्थामा पाण्डे परिवारले अवरोध गरे पछि स्थिति असामान्य वन्दै गर्दा हातहालाहलको अवस्थामा सृजना भएको थियो । असामान्य भएको सो घटना शनिवार नै सामान्य वनेको थियो । तर भोलि पल्ट शुक्रवार विहान फेरी शनिवारको घटनालाई प्रतिसोध साधी संजिपराज पाण्डे परिवारबाट आक्रमण हुन र समाचार सम्प्रेषण गरेको भन्दै धक्की दिनुले फेरी पनि यो घटना नहोला भन्न सकिन्न जसका लागि सम्वन्धित निकायले चासो दिन आवश्यक देखिन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस