
माघ ४, काठमाडौँ / राष्ट्रिय सभाका तीन जना सांसदहरुले आज राजीनामा दिएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकोले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपाने यी तीन सांसदहरूले राजीनामा दिएका हुन् ।