२०८२ चैत्र ५, बिहिबार

रौतहट

रौतहटमा हिजो भएको दुर्घटनाको बारेमा बोल्यो रास्वपा

रौतहटमा ४ वर्षीय बालिकाको निधनको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्तब्ध भएको बताएको छ ।
रौतहटमा हिजो भएको दुर्घटनाको बारेमा बोल्यो रास्वपा

माघ २३, काठमाडौँ / रौतहटमा ४ वर्षीय बालिकाको निधनको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्तब्ध भएको बताएको छ । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले स्तब्ध र मर्माहत भएको बताएको हो । साथै उक्त घटनालाई पार्टीले गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।

‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस