२०८३ बैशाख ६, आईतबार

मकवानपुर फास्ट ट्रयाक

मकवानपुर फास्ट ट्रयाकमा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते

मकवानपुरमा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते भएको छ ।
मकवानपुर फास्ट ट्रयाकमा टुचन मेसिन खस्दा एकको मृत्यु, एक घाइते

माघ २८, हेटौँडा / मकवानपुरमा निर्माणाधीन काठमाडौँ–तराई मधेस दु्रतमार्गमा फास्ट ट्रयाकको १ नम्बर पुलको खाडल खनेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा एक्कासी उक्त मेसिनको ब्रेकफेल भई करिब २१ मिटर तल खस्दा टुचन मेसिनमा बसेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको र खाडलभित्र काम गरिरहेको वेला सोही मेसिन खसेर घाइते भएका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भएका ३७ वर्षीय जुल्फे तामाङलाई उपचारको लागि काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस