
फागुन ३, धादिङ/धादिङ क्षेत्र नं. १ प्रतिनिधि सभा चुनाव यही फागुण २१ गते हुन गै रहेको चुनावी अवस्था दलहरुको शक्ति सन्तुलन र सम्भावित परिणाम वारे ।धादिङ जिल्ला क्षेत्र नं. १ एक नगरपालिका र ५ गाउँपालिका गरी ६ वटा पालिका रहेका छन् ६ वटा पालिकाको क्षेत्र नं. १ मा पुरुष ७१ हजार २ सय ९८ र महिला ६५ हजार ३ सय ८८ गरी कुल १ लाख ३६ हजार ६ सय ८६ मतदाता रहेका छन् ।
के यस पटक बाम शक्तिले निरन्तरता पाउँछ ?
कि कांग्रेस वा नयाँ शक्ति उदाउँछ ?
नेकपा एमाले
नेकपा एमाले धादिङ क्षेत्र नं. १ मा परम्परागत रुपमा वलियो शक्ति संगठनको रुपमा मानिन्छ । संगठित कार्यकर्ता पंक्ति र पुरानो मताधार नेकपा एमालेको वल हो । जुन वलबाट नेकपा एमालेका उमेदवार भुमि त्रिपाटी यस क्षेत्रमा चुनावी मैदानमा छन् । गठवन्धन गर्दा पनि २०७९ सालको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उमेदवार राजेन्द्र प्रसाद पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याए भने भुमि प्रसाद त्रिपाटीले २७ हजार ९ सय ५३ मत ल्याई ७ हजार ९ सय ८१ मतान्तरले पराजित भएको त्रिपार्टीले २०८२ फागुण २१ गते उल्टाउने दाउमा छन् ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ मा तेस्रो शक्तिको रुपमा हेरिदै आएको छ । विगतमा भन्दा फरक र युवा उमेदवार कृष्ण रिजाललाई नेपाली कांग्रेसले अघि सारेको छ । नेपाली कांग्रेसले युवा नयाँ उर्जावान कृष्ण रिजाललाई उमेदवार अघि सारदा अहिले सम्म नेपाली कांग्रेसको सुरक्षित नभएको आफ्नो मत सुरक्षित गर्ने र दुई बाम शक्तिको मत विभाजन गर्न सके परिणाम उल्टिन पनि सक्ने अनुमान सहित नभए संगठन वलियो वनाउदै अघि वढ्ने रणनिति नेपाली कांग्रेसको रहेको छ ।
नेपाली कम्यूनिष्ट पाटी (नेकपा)
नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) ले धादिङ क्षेत्र नं. १ मा राजेन्द्र प्रसाद पाण्डेलाई उमेदवार वनाएको छ । राजेन्द्र प्रसाद पाण्डे नेकपा एमाले हुदै एकिकृत समाजवादी र नेपाली कम्यूनिष्ट पार्टीका पुराना अनि अनुभवि नेता हुन राजेन्द्र प्रसाद पाण्डे कम्जोर संगठन भए पनि व्यक्तिगत प्रभाव र पूर्व माओवादीको संगठनको भरमा चुनावी मैदानमा छन् । विगत ३४ वर्ष देखी निरन्तर यस क्षेत्रमा चुनाव लड्दै आएका छन् । यस पटक उनलाई साथ दिने पूर्व एकिकृत समाजवादी नेता कार्यकर्ताले साथ छोडि अन्य पार्टीमा प्रवेश गरे पछि अनुभवी पाण्डेलाई यस पटकको चुनाव फलामको चिउरा चपाए सरी हुने देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी
कम्जोर संगठन अनि समाजिक संजालमा चर्चा भएका मात्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवार वनाएको छ । यस्तै धादिङ क्षेत्र नंं १ मा आसिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवार वनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ क्षेत्र नं. १ मा २०७९ प्रतिनिधि सभा चुनावमो तेस्रो शक्ति हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हिमेश पन्तले २०७९ को चुनावमा १२ हजार ५६ मत ल्याएका थिए । सोही मत कायम राख्न आशिका तामाङलाई चुनौति खण्डा हुदै गएको छ । किन भने थाक्रे गाउँपालिका भवन जलाउन उक्साएको भिडियो होस या कुखुराको भाले र पाठो संग भोट मागेको भिडियो नै किन नहोस् यस्तै यस्तै भाइरल भिडियोको कारण मतदाताहरु संग प्रतिकार गरेको घटनाले मत वढाउनु भन्दा पनि जोगाउन मुस्किल नहोला भन्न सकिन्न त्यसमा पनि उनी नेपाली हुन या विदेशी हुन अझै निर्कुल हुन सकेको छैन त्यो पनि संकाको घेरामा नै छ ।
धादिङ जिल्लाको क्षेत्र नं. १ मा बाम शक्तिको मत एक मत हुनु र युवा लहर आउनु हो भने नेकपा एमाले उमेदवार भुमि प्रसाद त्रिपाटीलाई फाइदा हुन सक्छ यदि बाम मत विभाजन भयो भने नेपाली कांग्रेसलाई फाइदा हुन सक्छ बाम शक्तिको विरासत जोगाउन परिणाम हात पार्नका लागि नेकपा एमाले ले असन्तुष्ट नेता कार्यकर्तालो समेट्नु पर्ने छ । यदी नेकपा एमालेले असन्तुष्ट नेता कार्यकर्ता समेट्न नसक्नु र बाम शक्तिको मत विभाजन तर्फ उन्मुख हुनुले नयाँ शक्तिले परिणाम उल्टाउन पनि सक्छ ।तर युवा युवा लहर आयो भने नेकपा एमालेलाई कसरी फाइदा
दल अनुमानति मत %
एमाले २८–३० %
कांग्रेस २७–३० %
रास्वपा १८– २२ %
एकीकृत समाजवादी १०–१२ %
अन्य ३–५%
कुल १ लाख ३६ हजार ६ सय ८६ मतमा दल अनुमानित मत % मा आए सानो मतान्तरले नेकपा एमालेलाई फाइदा हुने छ ।