
फागुन ८, काठमाडौं /रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह अस्वस्थ भएपछि काठमाडौं फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए ।
“वरिष्ठ नेताको स्वास्थ्यमा समस्या आएपछि फर्किनुभएको हो । उहाँ दाङको कार्यक्रममा सहभागी हुनु हुन्न,” ती नेताले भने । दाङको घोराहीमा आज रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।