२०८३ आश्विन ७, बुधबार

एसियाली खेलकुदमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

तेन्जिङ शेर्पाले जिते कास्य
Post Thumbnail

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन्।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जिते।

तेन्जिङको यो सफलतासँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ। करातेबाट प्राप्त यो पदकले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रदर्शनमा थप उत्साह थपेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस