२०८३ आश्विन १२, सोमबार

नेपाली कांग्रेस अधिवेशन स्थगित

धुनिवेशी नगर कांग्रेस अधिवेशन अनिश्चित, वर्षाका कारण निर्वाचन स्थगित

वर्षा र पहिरोको जोखिम देखाउँदै सभापति तथा सचिव पदको निर्वाचन स्थगित, उम्मेदवारहरू मतदातासँगको छलफलमा
धुनिवेशी नगर कांग्रेस अधिवेशन अनिश्चित, वर्षाका कारण निर्वाचन स्थगित

११ असोज, धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङको धुनिवेशी नगरपालिकाको नगर अधिवेशनअन्तर्गत सभापति तथा सचिव पदको निर्वाचन अनिश्चित बनेको छ ।
आज असोज ११ गते बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भए पनि देशभर भइरहेको वर्षा तथा पहिरोको जोखिमका कारण मतदातालाई आवतजावतमा समस्या हुने भन्दै निर्वाचन प्रक्रिया स्थगित गरिएको  निर्वाचन समितिले जनाएको छ ।

drishtinepal
नगर निर्वाचन समितिले जारी गरेको सूचनामा नगर अधिवेशनअन्तर्गत सभापति तथा सचिव पदको निर्वाचन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
निर्वाचन स्थगित भएसँगै सभापति तथा सचिव पदका उम्मेदवारहरूबीच आन्तरिक छलफल तथा मतको जोडघटाउ सुरु भएको छ । उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउन प्रतिनिधि तथा स्थानीय नेताहरूसँग छलफललाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरू अघि बढाइरहेको छ । वर्षाका कारण विभिन्न जिल्लाका अधिवेशन तथा निर्वाचन कार्यक्रम प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले पनि स्थानीय मौसमको अवस्था हेरेर निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
धुनिवेशी नगरको स्थगित निर्वाचनको नयाँ मिति भने निर्वाचन कार्यालयबाट अर्को सूचना जारी भएपछि मात्रै तय हुने भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस