
१८ असोज, काठमाडौं । इन्टिरियट डिप्लोमा अध्ययनरत सविना श्रेष्ठले आफ्नो अध्ययनअन्तर्गत तयार पारेको प्र्याक्टिकल प्रोजेक्ट सिटी सेन्टरमा प्रदर्शन गरेकी छन् ।
श्रेष्ठले इन्टिरियट डिप्लोमा अध्ययनका क्रममा तयार पारेको भवन तथा आन्तरिक संरचनाको मोडल प्रदर्शनीमा राखेकी हुन् । मोडलमा भवनको डिजाइन, कोठा तथा खुला स्थानको व्यवस्थापन, सजावट र वातावरणमैत्री संरचनालाई समेत समेटिएको छ ।

प्रदर्शनीमा राखिएको मोडलमा विभिन्न किसिमका संरचना, बस्ने स्थान, हरियाली तथा आन्तरिक सजावटलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । विशेषगरी परम्परागत तथा आधुनिक शैलीलाई संयोजन गरी तयार पारिएको डिजाइनले दर्शकको ध्यान खिचेको थियो ।

सिटी सेन्टरमा आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विभिन्न इन्टिरियट सम्बन्धि प्रोजेक्ट तथा मोडलहरू प्रदर्शन गरिएको थियो । अध्ययनका क्रममा सिकेको सीप र ज्ञानलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले प्रोजेक्ट तयार पारिएको बताइएको छ ।
श्रेष्ठको प्रोजेक्ट अवलोकन गर्न पुगेका दर्शकहरूले मोडलको डिजाइन तथा प्रस्तुतिको प्रशंसा गरेका थिए ।