
धादिङ । दसैँको अवसरमा क्यु-फ्री रूपमा सञ्चालन हुँदै आएका धादिङ मण्डली यातायातका बसहरू आज कार्तिक ५ गतेदेखि पुनः नियमित क्यु-डायल प्रणालीअनुसार सञ्चालन हुने भएका छन्।
दसैँ अवधिभर अर्थात् कार्तिक १ गतेदेखि ४ गतेसम्म क्यु-फ्री रूपमा सञ्चालन भएका बसहरू आजदेखि साविककै क्यु-डायल प्रणालीमा फर्किने भएका हुन्।
यातायात सेवा नियमित प्रणालीमा फर्किएसँगै यात्रुहरूले पनि साविककै व्यवस्थाअनुसार सेवा लिन सक्नेछन्।