२०८३ कार्तिक ११, मंगलबार

कौशलटारमा बसमा आगलागी

भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

भक्तपुरको कौशलटारमा यात्रुबाहक बसमा आगलागी
भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

भक्तपुर । भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ। बसको पछाडिको भागमा अचानक आगलागी भएपछि बसमा सवार यात्रुहरूलाई तत्काल बाहिर निकालिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसको पछाडिको भागबाट आगो लागेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई बसबाट सुरक्षित रूपमा बाहिर निकालिएको हो।
आगलागीबाट भएको क्षति, आगलागीको कारण तथा अन्य विवरण भने आउन बाँकी छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस