२०८३ कार्तिक ११, मंगलबार

आजको सुनचाँदीको मूल्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, प्रतितोला कति पुग्यो ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ रहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस