२०८३ कार्तिक १७, सोमबार

संसद् अधिवेशन आह्वान

तत्काल संसद् अधिवेशन बोलाउन विपक्षी दलहरूको माग, अध्यादेशबाट शासन गर्न खोजेको आरोप

तत्काल संसद् अधिवेशन बोलाउन विपक्षी दलहरूको माग
तत्काल संसद् अधिवेशन बोलाउन विपक्षी दलहरूको माग, अध्यादेशबाट शासन गर्न खोजेको आरोप

काठमाडौं । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको कप्तानगञ्जमा भएको घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषयमा छलफल भएको जानकारी दिए ।

सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था देखिएको उनको भनाइ थियो ।

संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको आङ्देम्बेले बताए ।

विपक्षी दलहरूले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र सरकारका गतिविधिबारे संसद्मा छलफल हुनुपर्नेमा जोड दिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस